Header Ads Widget

भारती माध्यमिक विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य स्क्रिनिङ सम्पन्न ।




आज  मिति २०७९/१२/१२ गतेका दिन पाख्रीबास नगरपालिकाको आयोजनामा श्री भारती माध्यमिक विद्यालयको बालविकास देखी कक्षा ५ सम्म अध्ययन गर्ने ४५ जना विद्यार्थीहरूको आँखा, नाक, कान लगायतका स्वास्थ्य सम्बन्धी परीक्षण सम्पन्न भएको छ । 


वर्षमा १ पटक सञ्चालन हुने गरेको यस्तो परीक्षणबाट १० वर्ष मुनीका बालबालिकामा हुने गरेका स्वास्थ्य सम्बन्धी समस्यालाई बेलैमा पहिचान गरी बालबालिकाहरूलाई अपाङ्ता हुनबाट रोकथाम रोकथाम गर्ने यस प्रयासबाट वर्षेनी सयौ बालबालिका लाभान्भित हुने गरेका छन । 



विद्यालयमा गरिएको स्क्रिनिङ कार्यक्रममा चुङमाङ स्वास्थ्य चौकीमा कार्यरत नवराज कार्की, विनोदकुमार सत्याल,  एलिजा राई, फत्तबहादुर विश्वकर्मा तथा स्वयंसेविका श्री केशवकुमारी जर्घा लगायतको जनशक्तिबाट स्क्रिनिङ गरिएको थियो । 




यस कार्यक्रमका लागि पाख्रीबास नगरपालिका, करूणा फाउन्डेसन, चुङमाङ स्वास्थ्य चौकी लगायत यस कार्यमा खटिने जनशक्ति प्रति भारती माध्यमिक विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

 

Post a Comment

0 Comments

Featured Post

शिक्षक सरुवाका लागि प्राप्त निवेदन दर्ता विवरण