Header Ads Widget

विद्यालयका शिक्षक तथा नेपाल रेडक्रस सोसाइटी चुङमाङ उपशाखाका सभापतिद्वारा मास्क वितरण

 विद्यालयमा कार्यरत करिव आधा जति शिक्षकहरू तथा प्रायः सबैजसो विद्यार्थीहरूमा ज्वरो, रुघाखोकी लगायतका स्वास्थ्य समस्याको कारण विद्यालयको शिक्षण सिकाइ प्रभावित भइ रहेको छ । निकट भविष्यमा नै वार्षिक परीक्षाका कार्यक्रम सार्वजनिक भइ सकेको अवस्थामा शिक्षक तथा विद्यार्थीको अस्वस्थता एउटा चुनौति वन्न सक्ने भएकोले सचेतना तथा स्वास्थ्य संस्थासँग समन्वय गरिरहिएको छ । 


यसै समस्यालाई समाधान गर्न सहयोग पुर्याउन यस विद्यालयका शिक्षक तथा नेपाल रेडक्रस सोसाइटी चुङमाङ उपशाखाका सभापति  श्री कुमारप्रसाद सुवेदीद्वारा व्यक्तिगत पहलमा विद्यार्थी तथा शिक्षकहरूलाई आज मास्क वितरण गर्नु भएको छ । यस सहायोगका लागि उहाँलाई विद्यालय परिवार हार्दिक धन्यवाद प्रदान गर्दछ ।






Post a Comment

0 Comments

Featured Post

शिक्षक सरुवाका लागि प्राप्त निवेदन दर्ता विवरण